२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


221
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । आइतबारबाट शुरु भएको बैठक आज पनि बस्ने भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले आज आ–आफ्नो धारणा राख्ने कार्यक्रम छ ।

आइतबार बसेको बैठकमा २७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । सोमबार आज बाँकी नेताहरूले प्रतिवेदनमाथि बोल्ने कार्यसूची छ । हिजोको बैठकमा तीनजना नेतालाई कारवाही गरिएको निर्णय सच्याउन माग गरिएको थियो । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनालाई गरिएको कारवाहीमा सच्याउनुपर्ने आवाज बैठकमा नेताहरूले उठाएका थिए ।

गत पुस १० गते एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । पाण्डे र तिम्सनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो ।

एमालेको बैठकमा अध्यक्ष ओलीले पार्टीमा गुटबन्दी मौलाउदै गएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । उहाँले एमालेमाथि चौतर्फी आक्रमण भएको भन्दै निन्दा र बचाउ गर्न निर्देशन पनि दिनुभएको थियो ।