काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनका लागि काम गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा सपना र ताराहरु पुस्तक विमोचन समारोहमा बोल्दै महामन्त्री शर्माले यस्तो सुझाव दिनुभएको हो ।
महामन्त्री शर्माले देशमा दुई जना पूर्वराष्ट्रपतिहरु रहेको र उहाँहरुको कर्तव्य सामाजिक रुपान्तरणमा हुनुपर्ने बताउनुभयो । उहाँले पूर्वराष्ट्रपति द्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीले अब सामाजिक रुपान्तरणका योजनासहित समाजको नायक बन्नुपर्ने बताउनुभयो ।
महामन्त्री शर्माले पूर्वराष्ट्रपति भण्डारीप्रति लषित गर्दै उहाँले राजनीतिमा लाग्ने हल्ला सुनेको भन्दै स्वतन्त्रताको सम्मान गर्ने पनि बताउनुभयो । उहाँले राजनीति भन्दा पनि अब सामाजिक परिवर्तनको झण्डा उठाउनु महत्वपूर्ण हुने बताउनुभयो ।
महामन्त्री शर्माले देशको सामाजिक रुपान्तरणको विषय अधोगतितर्फ उन्मुख रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्