६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


अहिलेको सरकार कांग्रेसको बलमा छ : नेता सिटौला


936
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार कांग्रेसको बलमा रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो बताउनुभएको हो ।

नेता सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेसको बलमा सरकारमा रहनुभएको बताउनुभयो । उहाँले कांग्रेसको सहारामा प्रधानमन्त्री बन्नुभएकाले कांग्रेस बेगर एक्लै अगाडि बढ्न नसक्ने बताउनुभयो ।

नेता सिटौलाले अहिलेको सरकार विशेष परिस्थितिबाट निर्माण भएकाले यसलाई जोगाएर लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले बनिसकेको सरकारलाई बीचमा भत्किन दिनु नहुने बताउनुभयो । सरकार जोगाउनका लागि जोगाउने नभइ सरकारका नीति र व्यवहारबाट जनताका बीचमा काम गर्नुपर्ने बताउनुभयो ।

नेता सिटौलाले नेपाली कांग्रेस पार्टीले सिंगो समाजलाई नेतृत्व दिनसक्नुपर्ने बताउनुभयो । अहिलेदेखि नै महाधिवेशनको तयारी गर्न आवश्यक नरहेको बताउनुभयो ।