काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित गरेको हो ।
नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा गठित उपसमितिको प्रतिवेदनसहित विधेयक सर्वसम्मतबाट पारित भएको समिति सभापति रामहरी खतिवडाले घोषणा गर्नुभयो । सभापति खतिवडाले विधेयक पारित गर्नको लागि गरेको प्रस्ताव समिति सदस्यहरुले तालि बजाउँदै पारित भएको जानकारी गराउनुभयो ।
समितिबाट पारित भ्रष्टाचार निवारण ऐन प्रतिनिधि सभामा पेस हुने छ ।
प्रतिक्रिया दिनुहोस्