७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


इजिप्टमा २०२४ मा १५.७ मिलियन पर्यटक


260
Shares

एजेन्सी । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले देशले २०२४ मा १५.७ मिलियन पर्यटकहरूको उच्च रेकर्ड प्राप्त गरेको बताउनुभएको छ । उक्त क्षेत्रमा कुनैपनि घटनाहरु नभएको खण्डमा यो संख्या १ करोड ८० लाख पुग्ने उहाँको भनाइ छ ।

इजिप्टले २०२५ मा १८ मिलियन पर्यटकहरूको लक्ष्य संख्या हासिल गर्ने बताउनुभयो । इजिप्टमा कोभिड–१९ महामारीका कारण सन् २०१९ मा १ करोड ३० लाखभन्दा बढी पर्यटकको सङ्ख्या २०२० मा ३७ लाखमा झरेको थियो ।

त्यसपछि क्रमशः २०२१ मा ८० लाख, २०२२ मा ११.७ मिलियन र २०२३ मा १४.९ मिलियन पुगेको थियो । पर्यटन क्षेत्र इजिप्टको विदेशी मुद्राको मुख्य स्रोतहरू मध्ये एक हो ।