काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा जारी थुनछेक बहसमा आजबाट जाहेरवालाको तर्फबाट बहस हुने भएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ ।
बुधबार सरकारी वकिलका तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, सुजता पौडेल र उपन्यायाधिवक्ता प्रकाश गौतमले बहस गरेका थिए ।
सरकारी वकिलहरुको बहस सकिएपछि आजदेखि जाहेरवालाको तर्फबाट बहस हुने कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो । जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुनेछ ।
त्यसपछि सरकारी वकिलले जवाफी बहस गरेपछि अदालतलले प्रतिवादीहरुलाई धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्नेबारे आदेश गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्