काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड एनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा भएको टिप्पणी गर्नुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई फ्रेमवर्क एग्रिमेण्ट गर्नुभएको भन्दै अब बिआरआई परियोजनाअन्तर्गत नयाँ योजनाहरु ल्याउन सकिने सम्भावनाहरु रहेको बताउनुभयो । उहाँले अझै गहन छलफल गरेर बौद्धिक व्यक्तिका सुझाव लिएर देशको हितमा योजनाका प्रश्तावहरु चीनसँग लैजानुपर्ने बताउनुभयो ।
नेता खनालले ऋण लिनै हुँदैन, अनुदान मात्रै लिनुपर्छ भन्नु थोत्रो र चिन्तन गर्न नस्क्ने, भिजन क्रिएट गर्न नसक्ने अवधारणा रहेको बताउनुभयो । यस्तो अवधारणा ल्याउनु देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरुको कुरा मात्रै भएको बताउनुभयो । देशको आवश्यकताअनुसार आफ्ना परियोजनाहरु बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
नेता खनालले नेपालमा बिआईआई परियोजनाका बारेमा भ्रमहरु फैल्याइएको बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जरुरी नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्