काठमाडौं । आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ लाई बिदा गर्दै आजबाट सन् २०२५ शुरु भएको हो । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को शुरुआत भएको भन्ने मान्यता रहेको छ ।
विश्वव्यापी मान्यता पाएको इस्वी सन्को नयाँ वर्ष केही समय यता नेपालमा पनि शुभकामना आदान प्रदान गरि मनाउन थालिएको छ ।
विशेष गरी युवापुस्ताले अंग्रेजी नयाँ वर्ष मनाउने गरेका छन् । नेपालमा विदेशी पर्यटकहरुको चहलपहल हुने स्थानहरु (काठमाडौंको ठमेल, बौद्ध, भक्तपुरको नगरकोट, पोखरा, सौराहा, लुम्बिनी)मा नयाँ वर्षको स्वागत गर्दै मंगलबार राति ‘न्यू इयर इभ’ मनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्