५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुन्छ : अध्यक्ष ढकाल


247
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुनसक्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ढकालले सरकारले क्षेत्रका मुद्दाहरु सम्बोधन गरेर व्यवसायीक गतिविधि बढ्यो भने मात्रै आर्थिक सुधार हुने बताउनुभयो । उहाँले आर्थिक गतिविधि र रोजगारी सिर्जना, राजश्व वृद्धि र समग्र आर्थिक विकासको लागि निजी क्षेत्रले काम गर्नसक्यो र काम गर्ने वातावरण सबै क्षेत्रले दिनसक्यो भने मात्रै सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रलाई व्यवसायी वातावरण बनाउन सरकारले विद्यमान ऐन कानूनहरुलाई परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष ढकालले उद्योग वाणिज्य, भन्सार, वन लगायतका विद्यमान ऐन कानून र नीतिहरु परिमार्जन नभएसम्म आर्थिक गतिविधि बढाउने र लगानीको वातावरण बन्न नसक्ने दाबी गर्नुभयो । उहाँले सरकारले बनाएको उच्चस्तरीय आर्थिक सुधार आयोगले विद्यमान ऐनहरु सुधारको लागि सुझाव दिने बताउनुभयो ।