काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार प्रणालीलाई नयाँ प्रविधिमैत्री बनाउने गरी ऐन बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सैद्धान्तिक छलफलमा बोल्दै पूर्वअर्थमन्त्री महतले भन्सार प्रशासन प्रभावकारी,राजश्व पनि वृद्धि ,व्यवसायीहरुलाई अनावश्यक भन्सार प्रक्रियाको झमेलामा नपर्ने र भन्सार छलीलाई रोक्ने गरी ऐन बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पूर्वअर्थमन्त्री महतले भन्सार ऐनलाई अन्तर्राष्ट्रिय रुपमा भन्सार नीति र नियमनमा परिमार्जन भएका नीतिहरु अनुरुप नेपालको भन्सार ऐनमा परिमार्जजित गरी भन्सार सम्बन्धि कानून ल्याउनुपर्ने बताउनुभयो । उहाँले कति वस्तुमा भन्सार लगाउने वा भन्सार नलगाउने विषय ऐनमा समावेश गर्न नहुने बताउनुभयो ।
पूर्वअर्थमन्त्री महतले यो विषय सरकारले बजेटमा कर निर्धारण गर्ने समयमा राख्ने विषय भएको बताउनुभयो । उहाँले भन्सार व्यवस्थापन पारदर्शी र प्रविधिमैत्री बनाउने कुरामा प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्सार प्रविधिलाई भौतिक रुपमा मानिस उपस्थित भएर गर्ने विगतको पद्धतिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।
पूर्वअर्थमन्त्री महतले अर्थ मन्त्रालयले आन्तरिक रुपमा भन्सार प्रणालीलाई थप सहज र प्रभावकारी बनाउन सुधारको आवश्यकता पहिचान गरी ऐनमा व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्