५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


ललितकला प्रज्ञा-प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरु


715
Shares

काठमाडौं । काठमाडौंको ललितकला प्रज्ञा-प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरु भएको छ ।

सोमबारदेखि प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरु भएको हो । प्रदशर्नी आगामी एक हप्तासम्म चल्ने छ ।

कलाकार विभूषण नविन ताम्राकारले पुराना संग्रहालयहरुको संरक्षण गर्ने उद्देश्यले सिसी कला प्रदर्शनी आयोजना गरिएको बताउनु भयो । उहाँले यो प्रदशर्नी आगामी २० गतेसम्म चल्ने बताउनुभयो । उहाँले सिसीका कलाहरु प्रदर्शनीमा ४५ वटा राखिएको बताउनुभयो । उहाँले मेलामा पाँचतले मन्दिर, पशुपति, जानकी मन्दिर, तलेजु भवानी र काष्ठमण्डपको कला प्रदशर्नीमा राखिएको बताउनुभयो ।

उहाँले मुलुकभित्र नै नयाँ सिर्जना र कला भएको मानिसले केही गर्नसक्ने वातावरण रहेको बताउनुभयो। उहाँले कलाकारहरुलाई समाजले हेर्दा नराम्रो दृष्टिकोणले हर्ने गरिएको बताउनुभयो।