Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


नेपाल–भारत सैन्य अभ्यास हुने


13
Shares

काठमाडौं । साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले आगामी मंगलबारदेखि नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास हुनेभएको छ । रुपन्देहीको सालझण्डीमा सैन्य अभ्यासको १८औं संस्करण हुने भएको हो ।

सूर्यकिरण नामक बटालियनस्तरीय संयुक्त सैन्य अभ्यास जङ्गल युद्ध, भौगोलिक रुपमा अति कठिन स्थलमा आतङ्कवादविरुद्धको अभियान, संयुक्त राष्ट्रसङ्घीय बडापत्रअनुरुप शान्ति स्थापना, मानवीय सहायता विपद् व्यवस्थापन एवं राहत परिचालन, आन्तरिक क्षमता विस्तार, वातावरण संरक्षणलगायत चुनौतीपूर्ण परिस्थितिमा सैन्य क्षमता अभिवृद्धिमा केन्द्रित हुने जनाइएको छ ।

आगामी पुस २९ गतेसम्म जारी रहने तालिममा नेपाली सेनाको श्रीजङ्ग बटालियन भारतीय सेनाको ११औँ गोर्खा राइफल्स सहभागी हुनेछ ।