काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवहरुले स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्याउने बताउनुभएको छ ।
शुक्रबार ‘मध्यपुर महोत्सव २०८१’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
उपप्रधानमन्त्री सिंहले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन महोत्सवले प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो । मेला महोत्सवहरुले स्थानीय उत्पादन स्वदेशी सामग्रिको अन्तर्राष्ट्रियकरण गर्न समेत सहयोग पुग्ने उहाँको विश्वास छ ।
उपप्रधानमन्त्री सिंहले स्थानीय उत्पादनदेखि लिएर समाजमा उपलब्ध स्रोत र साधनको उपयोग गरेर देशभित्रै व्यापार व्यवसाय गर्न नयाँ पुस्तामा जागरुकता ल्याउनुपर्ने उहाँको भनाइ छ ।
नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ठाउँठाउँमा मेला महोत्सवहरुको आयोजना गर्नुपर्नेमा उहाँको जोड छ ।
प्रतिक्रिया दिनुहोस्