ओखलढुंगा । उदयपुरको घुर्मीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हुलेस सेभेल रहेका छन् । उनी कुन देशकी नागरिक हुन् भन्ने खुलेको छैन ।
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ७९६९ नम्बरको जीप उदयपुरको कटारी नगरपालिका–१४ घुर्मी बजार नजिक दुर्घटना भएको हो ।
जीप सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटनामा चालक चालकसहित ८ जना घाइते भएका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको घुर्मीका ट्राफिक इन्चार्ज रामकुमार साहले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्