७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


जिल्ला अदालत कास्कीमा आज पनि बयान


1.04k
Shares

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगी गरेको मुद्दाका आरोपीहरूको बयान आज पनि जिल्ला अदालत कास्कीमा जारी रहने भएको छ ।

सोमबार गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीको बयान भएकोमा मंगलबार रास्वपा सभापति रवि लामिछानेलगायतको हुने भएको छ । जोशीको बयान अझै बाँकी रहेकाले उनको बयान सकिएपछि अन्य प्रतिवादीको बयान शुरु हुने बताइएको छ ।

सोमबार प्रतिवादीहरु लामिछाने, जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको थियो ।

पहिलो चरणमा अदालतमा लामिछानेसहित पाँच प्रतिवादीको बयान सक्ने तयारी गरिएको छ भने दोस्रो चरणमा अन्य प्रतिवादीको बयान लिइने जनाइएको छ । प्रतिवादीको बयान सकिए पछि थुनछेक बहस हुनेछ ।