काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भएपनि युवा पलायन नरोकिएको बताउनुभएको छ ।
सोमबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता रिजालले विगत ३० वर्षमा आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएपनि युवाहरु कन्भिन्स हुन नसकेको बताउनुभएको हो ।
नेता रिजालले युवाहरुले नेपालमा सुरिक्षत भविष्य देख्न छोडेको बताउनुभयो । उहाँले युवा पलायनको समस्यालाई चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले पछिल्लो समय कृत्रिम बहुमतको आधारमा सरकार बनाउने र ढाल्ने खेल भइरहेको उल्लेख गर्दै संविधानको माध्यमबाट एउटै पार्टीले प्राकृति बहुमत ल्याउने गरी व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो । उहाँले संविधानको ९ वर्षको अभ्यासको समिक्षा गर्दै संशोधनको काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेता रिजालले पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पत्रकारिता क्षेत्रले मुलुकको विकासमा महत्वपूर्ण योगदान दिएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्