Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्छ : उपप्रधानमन्त्री सिंह


468
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले क्रियाशिल सदस्यहरुलाई पार्टीका हरेक गतिविधिमा सहभागी गराउनुपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले संख्या ठूलो हुने तर नेपाली कांग्रेस पार्टीका क्रियाशिल सदस्यहरुले नै क्रियाशिल सदस्यताका महत्व नबुझ्ने कुरा राम्रो नरहेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले इतिहास स्थापना गरेको पार्टीका नेताहरुले क्रियाशिल सदस्यहरु हौँ भन्नेकुरा बिर्सिन नहुने बताउनुभयो । उहाँले आफूहरु राष्ट्र र समाजका सेवा गर्न राजनीतिमा लागेको बताउनुभयो । राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले संस्थापक नेताहरुले गरेको त्याग, तपस्या बिर्सिन नहुने बताउनुभयो ।