५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


चुरियामाई सुरुङ मार्ग आजबाट सर्वसाधारणका लागि खुला


65
Shares

काठमाडौं । मकवानपुरको चुरियामाई सुरुङ मार्ग आजबाट हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

हेटौँडादेखि तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको १०७ वर्ष पुरानो सुरुङ मार्गको जीर्णोद्धार कार्य पूरा भएपछि बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

मर्मत, सम्भारको अभावमा पुरिएर अवरुद्ध बनेको यो सुरुङ मार्ग हेटौँडा उपमहानगरपालिकालाई आज हस्तान्तरणसँगै सर्वसाधारणका लागि खुला भएको छ ।

प्रदेश सरकारबाट सुरुङ मार्ग हस्तान्तरण भएपछि सुरक्षा र सञ्चालन गर्न उपमहानगरपालिकाले सुरुङ मार्ग सञ्चालन कार्यविधि बनाएको भन्दै सुरुङ मार्ग प्रवेशबापत पर्यटकसँग शुल्क लिने हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।

१९७४ सालमा निर्माण शुरु गरिएको नेपालको पहिलो सुरुङ मार्ग चुरियामाई सुरुङ मार्ग दुई वर्षमा निर्माण सम्पन्न भएको थियो ।