१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


मन्त्रिपरिषद् बैठकका निर्णयहरु


6.045k
Shares

काठमाडौं । सरकारले सवारी साधन खरिदका लागि कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको नियमनकारी निकायका रुपमा नेपाल राष्ट्र बैंकलाई तोकेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले इन्भेष्टमेण्ट कम्पनीका लागि धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोकेको जानकारी दिनुभयो ।

यस्तै, सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिमार्जित कार्यविवरण स्वीकृत गरेको छ । यस्तै, बैठकले तुम्लिङ्गटार शीतलपाटी विद्युत प्रसारणलाइनका लागि संखुवासभा खाँदवारीमा राष्ट्रिय वनको २८ हेक्टर जग्गा, ललितपुरमा गोदावरी बहुउद्देश्यीय रंगशालाका लागि वनको ३ दशमलव ४५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ ।

यस्तै, बैठकले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृति दिनेलगायतका निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।