एजेन्सी । भारतको राजस्थानमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ ।
जयपुरको भांकरोटा इलाकामां रहेको जयपुर अजमेर नेशनल हाइवेमा शुक्रबार बिहान दुईवटा इन्धन बोकेको ट्यांकर आपसमा ठोक्किँदा भीषण आगलागी भइ विस्फोट भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार विस्फोटमा परि कम्तीमा १५ जनाको जलेर मत्यु भएको बताइएपनि अधिकारीहरुले ६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । साथै करिव तीन दर्जन घाइते भएका छन् ।
विस्फोटमा परि पम्प वरपर रहेका २९ वटा ट्रक र दुई वटा बस गरि करिव ४० सवारी साधन जलेर नष्ट भएकोे भारतीय संचारमाध्यमहरुले जनाएका छन् । घाइते भएका ३२ जना सबैलाई अस्पताल लगिएको जनाइएको छ ।
घाइतेमध्ये केहीकोे अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । घाइते हुनेहरुमा ७० प्रतिशतसम्म जलेकाहरु पनि रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्