२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


‘वर्तमान गठबन्धन फेल भए यो व्यवस्था नै ढल्छ’


3.354k
Shares

काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले वर्तमान गठबन्ध फेल भएको खण्डमा वर्तमान व्यवस्था ढल्ने टिप्पणी गर्नुभएको छ ।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले संसद्का दुई ठूला दल मिलेर गठन भएको यो सरकार नै वतएमान व्यवस्थाको अन्तिम सरकार भएको टिप्पणी गर्नुभएको हो ।

सांसद सिंहले संसद्का दुई ठूला दल मिलेर सरकार बनेको अभ्यास नेपाल बाहेक संसारमा कहीँ नभएकाले उल्लेख गर्नुभयो । उहाँले जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएको कारणले व्यवस्था फेल भएको खण्डमा राजनीतिक दलभन्दा बढी कर्मचारी दोषि हुने जिकिर गर्नुभयो ।

सांसद सिंहले सादा पोसाकका प्रहरीलाई फिल्डमा खटाउन नहुने समेत बताउनुभयो । घुमुवा प्रहरी खटाउनु नै परे घुमुवा पोसाकका प्रहरी मात्र खटाउनुपर्ने बताउनुभयो । उहाँले भन्सार तथा यातायात कार्यालयहरुमा विचौलियामार्फत मात्र जनताको काम हुने प्रवृत्ति अन्त्य गनुपर्ने बताउनुभयो ।

सांसद सिंहले निजामति विधेयकलाई पास गर्दा राजनीतिक दबाब र प्रभावमा पर्न नहुने बताउनुभयो । उहाँले सबै निजामति कर्मचारीका माग सम्बोधन हुनेगरी विधेयक ल्याउन जरुरी रहेको बताउनुभयो ।

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रश्तावकर्ता सांसदहरुसँग छलफल भएको थियो ।