१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइन : उर्जामन्त्री खड्का


845
Shares

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताउनुभएको छ ।

बुधबार औद्योगिक व्यापार मेला बुटवल-२०८१ को उद्घाटन गर्दै उर्जामन्त्री खड्काले यस्तो बताउनुभएको हो ।

उर्जामन्त्री खड्काले महशुस उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्ने भन्दै लाइन काटेर समस्याको समाधान नहुने बताउनुभयो । उहाँले साथै व्यवसायीहरुको इमान्दारिताको आवश्यकता रहेको पनि बतानुभयो ।

उर्जामन्त्री खड्काले बिल लिने र पैसा दिने कुरालाई मुलुकमा चर्चाको विषय बनाइएको बताउनुभयो । क्षणभरमा सकिने काम १० औं वर्षदेखि अल्झाएर राखिएको बताउनुभयो ।

उर्जामन्त्री खड्काले सबैले इमान्दारिताका साथ आफ्ना कर्तव्य पूरा गर्नुपर्ने बताउनुभयो ।