१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


पुस १३ गतेदेखि पोखरा सडक महोत्सव हुँदै


234
Shares

काठमाडौं । पर्यटकीय नगरी पोखरामा पुस १३ गतेदेखि १७ गतेसम्म २६ औं पोखरा सडक महोत्सव २०२४ हुने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पर्यटनको राजधानी पोखरामा रेवानले विगत २५ वर्षदेखि निरन्तर रुपमा सडक महोत्वस गर्दै आएको छ । यो वर्ष पनि विगतमा जस्तै अंग्रेजी नयाँ वर्षको अवसर पारेर २६ औं पोखरा सडक महोत्सव २०२४ गर्ने लागेको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिनुभयो ।

संयोजक भट्टराईले आन्तरिक तथा वाह्य पर्यटकलाई अग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा लेकसाइड क्षेत्रको करिब ३ किलोमटिर क्षेत्रमा महोत्वस आयोजना हुने उल्लेख गर्नुभयो । उहाँले ‘सडक मै खाउँ,सडक मै नाचौं, सडकमै रमाउँ’भन्ने उद्देश्यले सडक महोत्सव आयोजना गरिएको बताउनुभयो ।

संयोजक भट्टराईले महोत्सवले पोखराको कला÷संस्कृति प्रवद्र्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामाग्रीलाई बजारीकरण र प्रचारप्रसार तथा ब्राण्डिङ गराउन पोखरा सडक महोत्वसले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले सडक महोत्वसले स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान,विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा समेत योगदान पु¥याउने उल्लेख गर्नुभयो ।

संयोजक भट्टराईले महोत्सवमा विभिन्न जातजातीका लोपउन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट लगायत मुख्य आर्कषण रहेको बताउनुभयो ।

पाँच दिनसम्म चल्ने महोत्सवमा करिव ५ लाख आन्तरिक तथा वाह्य पर्यटक आउने आँकलन रहेको आयोजकले जनाएको छ । अंग्रेजी नयाँ वर्षको लागि पोखराका होटलहरु करिव ४० प्रतिशत बुकिङ हुन थालेका छन् । महोत्सवसमा रेष्टुरेण्ट अगाडि आफ्नै स्टलहरु राख्ने र महोत्सव क्षेत्रमा बाहिरबाट आउन नपाउने व्यवस्था गरेको छ । नयाँ वर्षको लागि पोखरामा ७ सय बढी होटलमा ५० हजार बेडहरु उपलब्ध रहेको रेवानले जनाएको छ ।