२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


ई-सेवा महाउत्सवको बम्पर उपहार घोषणा


1.391k
Shares

काठमाडौं । ईसेवाले हालै सञ्चालन गरेको ई सेवा महा–उत्सवको बम्पर उपहारको घोषणा गरेको छ ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ लक्की ड्र मा मकवानपुर निवासी रवि बम्जन नामीको इलेक्ट्रिक कार जित्न सफल भएका छन् ।

ललितपुरमा मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बम्पर उपहार विजेता घोषणा गरिएको हो ।

२०८१ साल आश्विन १ देखि कार्तिक ३० गते सम्म चलेको यो योजना नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा प्रयोगकर्ताहरुमा थप उत्साह प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

यस महा–उत्सवमा दैनिक फ्ल्यास सेल, रील प्रतियोगिता देखि ६५ इन्चको टिभी, आइफोन जस्ता मेगा उपहारहरुका साथै बम्परमा नामीको इलेक्ट्रिक कार पुरस्कार राखिएको थियो ।