७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त


390
Shares

काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को बसेको बैठकले डा. विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारले एउटै व्यवस्थापनबाट सञ्चालन गर्ने गरी सार्वजनिक सेवा प्रसारण ऐन ल्याइएको थियो ।

सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा‍‍. विष्टलाई नियुक्ति हुनुभएको हो ।

विष्ट नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन, न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।