१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


काठमाडौंका पूर्वमेयर पिएल सिंहको निधन, महानगरपालिकामा बिदा


2.483k
Shares

काठमाडौं । काठमाडौंका पूर्वमेयर पिएल सिंहको ८५ वर्षको उमेरमा आज निधन भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी आफनै निवासमा आज बिहान निधन भएको हो । २०४९ सालको स्थानीय तहको निर्वाचन जितेर उहाँ तत्कालीन काठमाडौं नगरपालिकाको मेयर समेत बन्नुुभएको थियो ।

लामो समयदेखि अस्वस्थ रहनुभएका उहाँको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो । गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गर्नुभएका उहाँ राजनीतिप्रति वितृष्णा भएपछि निष्कृय भइ बस्नुभएको थियो ।

काठमाडौ महानगरपालिकामा आज सोमबार शोक बिदा दिइएको छ । पूर्वमेयर सिंहको निधन भएपछि महानगरले सूचना प्रकाशन गर्दै बिदा दिने निर्णय गरेको हो । महानगरले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने समेत जनाएको छ ।