५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


एनपिएलमा आज काठमाडौ-विराटनगर र सुदूरपश्चिम-पोखरा भिड्दै


286
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । पहिलो खेल काठमान्डु गुर्खाज र विराटनगर किंग्स तथा सुदूरपश्चिम रोएल्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।

त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट खेल शुरू हुँदैछ । विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ भने काठमाडौंको आजको जित र अन्य खेलको नतिजाले सम्भावना जीवितै छ । ६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौंका लागि आजको खेल प्लेअफ दौडका लागि विशेष बन्नसक्छ । ६ खेल खेलेको काठमाडौंले तीन जित निकाल्दा समान तीन हार भोगेको छ ।

चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा दुई जित र चार हार ब्यहोरेको छ । प्रतियोगितामा दुई हार व्योहोरेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा छ । सुदूरपश्चिम, चितवन र कर्णालीको समान आठ अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम दोस्रो स्थानमा छ । चितवन तेस्रो स्थानमा हुँदा कर्णाली चौथो स्थानमा छ ।

एनपिएलअन्तर्गतको अर्को खेलमा भने पोखरा र सुदूरपश्चिम भिड्दैछन् । यो खेल आज दिउँसो १ बजे शुरु हुनेछ । प्लेअफ दौडबाट बाहिरिएको पोखराको अन्तिम खेल हो भने सुदूरपश्चिमले अर्को खेल कर्णालीसँग खेल्न बाँकी नै छ ।