१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदै


195
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदैछ । शुक्रबार महासंघको तीनै तहको नयाँ नेतृत्व चयन हुन लागेको हो ।

केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदान आज बिहान १० बजेदेखि ४ बजेसम्म हुनेछ ।

यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले जानकारी दिनुभयो । मतदाताले गोप्य मतदानबाट ३ तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन् ।

केन्द्रीय समितिको अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरी तथा उपाध्यक्ष महिलामा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी छ ।

यस्तै समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन् । यसैगरि महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ ।