८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


विदेशी मुद्रा सञ्चिति २२ खर्ब ५५ अर्बमाथि


533
Shares

काठमाडौं । विदेशी मुद्रा सञ्चिति निरन्तर बढीरहेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको कात्तिक महिनासम्मको आर्थिक स्थितिमा २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब रहेको कुल विदेशी विनिमय सञ्चिति १० दशमलब ५ प्रतिशतले वृद्धि भई २०८१ कात्तिक मसान्तमा २२ खर्ब ५५ अर्ब माथि पुगेको जनाइएको छ ।

योसञ्चिति १८ महिनाको वस्तु आयात र १५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको जनाएको छ । अघिल्लो वर्षको यसै अवधिमा १ खर्ब ५० अर्बले बचतमा रहेको थियो ।

चालु आर्थिक बर्षको चार महिनामा विप्रेषण आप्रवाह ९ दशमबल १ प्रतिशतले वृद्धि भई .५ खर्ब २१ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह २२ दशमबल ५ प्रतिशतले बढेको थियो । यसैगरी, वैदेशिक रोजगमारीमा जाने पनि बढ्दै गएका छन् ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ४७ हजार माथि र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार बढी पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा श्रम स्वीकृति लिनेको संख्या १ लाख ३७ हजार बढी र पुनः श्रम स्वीकृति लिने ६८ हजार माथि रहेको थियो ।

कात्तिकमा मूल्यबृद्धि पनि सामान्य बढेको छ । यस अवधिमा मुद्रास्फीति ५ दशमलब ६० प्रतिशत रहेको छ । अघिल्लो वर्ष ५ दशमल ३८ प्रतिशत रहेको थियो ।