८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


सिरियाली शरणार्थीहरूलाई फर्काउन टर्कीले सीमा नाका खोल्ने


0
Shares

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएले सिरियाली शरणार्थीहरूको स्वेच्छिक र सुरक्षित फिर्ताको सुविधाका लागि दक्षिणी हाते प्रान्तमा सिरियासँगको सिमाना खोल्ने बताउनुभएको छ ।

टर्कीको राजधानी अंकारामा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनमा एर्दोगानले उक्त कुरा बताउनुभएको हो । सिरियाली शरणार्थीहरू फर्कने क्रममा भीडभाड रोक्न र ट्राफिकलाई सहज बनाउन यायलदागी क्रसिङ खोल्ने बताउनुभयो ।

दक्षिणी हाते प्रान्तको यायलदागी क्रसिङ सिरियाको उत्तरपश्चिमी छेउमा अवस्थित छ । यस क्षेत्रमा द्वन्द्वका कारण सन् २०१३ देखि बन्द गरिएको छ ।

सिरियामा घर फर्कन खोज्ने सयौं शरणार्थीहरू पनि दक्षिणी टर्कीका दुई अन्य सिमानामा भेला भएका छन् । नोभेम्बर ३० मा अपडेट गरिएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार टर्कीएमा लगभग ३.७ मिलियन सिरियाली शरणार्थी छन् ।