१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


रौतहटमा स्कर्पियो दुर्घटना हुँदा आठको मृत्यु


1.703k
Shares

काठमाडौं । रौतहटमा पूर्वपश्चिम राजमार्गअन्तर्गत लमाहा धनसार खण्डमा आज बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ । बाराको गढीमाई मेलाबाट सिराहा फर्किने क्रममा बिहान करिब ७. ३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा सिराहा अर्नामा गाउँपालिका–३ का ६० वर्षीया लरुवती देवी महरा, ५० वर्षीया रामकुमार महरा, ३० वर्षीया उर्मिला महरा, ६२ वर्षीया फुलमन्ती देवी चमार, ३० वर्षीया सकुन्तला देवी महरा, ५५ वर्षीया महँगी देवी महरा, ६० वर्षीया रामकुमारी देवी महरा र चालक ४० वर्षीय श्रीकुमार यादव रहेको जनाइएको छ ।

दुर्घटनामा घाइते भएका चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ ।

बा १६ च ३१६२ नम्बरको स्कर्पियो रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।