एजेन्सी । सिरियामा इस्लामिक विद्रोही समुह हयात तहरीर अल सामले सिरियामाथि प्रभुत्व जमाएपछि सिरियाका विभिन्न शहरमा रहेका कैदी बन्दीहरुलाई उम्मुक्ति दिएको छ ।
वषौंदेखि बिभिन्न कारागारमा रहेका राजनैतिक बन्दी र जघन्य अपराधमा दोषी ठहर भएका व्यक्तिहरुलाई समेत उन्मुक्ति दिएको छ । विद्रोही समुहले सिरियामाथि सत्ता कब्जा गरेपछि सम्पुर्ण कारागारहरुको ढोका खोलेर कैदी बन्दीहरुलाई उन्मुक्ति दिएको हो ।
कारागारको ढोका खोलेपछि कारागारको सुरक्षार्थ खटिएका प्रहरीहरु पनि फिर्ता भएका छन् । कैदी बन्दीहरुमा अधिकांश अभिभावक कारागार चलान हुँदा उनीहरुसँगै कारागारमा रहेका बालबालिकाको संख्या अत्यधिक रहेको छ ।
यसअघि विश्वका कुनै पनि राष्ट्रमा विद्रोही समुहले सत्ता हत्याउँदा भने कारागारमा रहेका बन्दीहरुलाई उन्मुक्ति दिइएको थिएन ।
प्रतिक्रिया दिनुहोस्