८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


जन्मकै आधारमा अमेरिकी नागरिक बन्ने व्यवस्था हटाउने ट्रम्पको घोषणा


17.537k
Shares

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले जन्मको आधारमा अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने बताएका छन् ।

एनबिसी टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ट्रम्पले अमेरिकामा जन्मेकै आधारमा जो कोहीले पनि अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने बताएका हुन् ।

आगामी जनवरी २० मा राष्ट्रपति पद सम्हाले लगत्तै आप्रवासी र नागरिकताको सम्बन्धमा भएका व्यवस्थाहरूको पुनरवलोकन प्रक्रिया शुरु गर्ने उनले बताए ।

अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने ब्यवस्था खारेज गर्ने भन्दै ट्रम्पले कुनै पनि कागजात नभएका आप्रवासीहरूको विषयमा विपक्षी डेमोक्रेट्स्सँग मिलेर काम गर्ने बताए ।

यस्तै बर्षाैं पहिले अमेरिका जन्मिएका तर उनीहरुका बाउआमा डिपोर्ट भईसकेका ड्रिमरहरुको सन्दर्भमा भने आफू लचक रहेको पनि ट्रम्पको भनाइ छ । अमेरिकी संविधानको १४औं संशोधनले अमेरिकी भूमिमा जन्मिनेहरु स्वतः नागरिक बन्ने ब्यवस्था गरेको छ । ट्रम्पले संविधानको उक्त ब्यवस्था हटाउने घोषणा गर्नुभएको हो । पछिल्लो समय बच्च जन्माउनकै लागि मात्र अमेरिका जाने प्रवृत्ति बढेकाले पनि यस्तो नीति परिवर्तन गर्नुपर्ने ट्रम्पको तर्क छ ।

ट्रम्पले सपथलगत्तै आप्रवासन, ऊर्जा र अर्थतन्त्र लगायतका विषयमा पनि नयाँ घोषणा गर्ने बताउनुभएको छ । सन् २०२० मा अमेरिकी संसद भवन क्यापिटल हिलमा आक्रमण गर्नेहरूलाई आममाफी दिने घोषणा पनि उनले गरे । दुई वर्षदेखि रुससंग युद्धमा रहेको युक्रेनलाई दिने सहायता घटाउने संकेत पनि ट्रम्पले गरे ।