एजेन्सी । विश्वका विभिन्न देशहरुमा राजनीतिक संकट चुलिएपछि राष्ट्र प्रमुखदेखि सरकार प्रमुखहरु देशै छाडेर भाग्ने क्रम बढेको छ । वर्षाैंदेखि सत्तामा बसेर जनभावना विपरित शासन चलाएका तानाशाहहरु होऊन वा भ्रष्टाचारको दलदलमा फसेका शासकहरु होऊन जब जनआक्रोश चुलिन्छ, उनीहरुको गन्तब्य विदेश नै हुने गरेका उदाहरण एकपछि अर्को गर्दै देखिएका छन् । यस्तै सूचीमा थपिएका छन्, सिरियाका राष्ट्रपति असर अल असद ।
सन् २००० मा आफना बुबाको मृत्यु पछि सिरियाको सत्तामा आउनु भएका राष्ट्रपति बसर अल असदको कार्यकालमा उच्च बेरोजगारी एवम् भ्रष्टाचारले सीमा नाघेपछि उनका विरुद्धमा चर्केको आन्दोलन वर्षाैं जारी रह्यो । सडक आन्दोनलबाट हतियारबन्द आन्दोलनमा परिणत भएको विद्रोह दबाउन असदले आफ्नो शक्ति मात्रै होइन, विदेशी शक्तिको पनि सहयोग लिनुभयो ।
सन् २०२० को डिसेम्बरसम्म एकलाख १६ हजार बढी सर्वसाधारण सहित साढे ३ लाख मानिसको ज्यान गयो भने ३ लाख बढी विस्थापित भए । तर असदको आसन डग्मगाएन । छिमेकी देशहरूमा भएको “अरब क्रान्ति“ को प्रभावमा सिरियाको दक्षिणी नगर डेराबाट सन् २०११ को मार्चमा प्रजातन्त्रको समर्थनमा भएको प्रदर्शनले असदलाई सत्ताबाट हटाउन गरेको प्रयासलाई असदले असफल पारेपछि सशस्त्र संघर्षसहित उदाएको इस्लामिक अतिवादी लडाकु समूह हयात तहरीर अल–शाम (एच.टी.एस) ले अन्ततः राष्ट्रपति असदलाई रातारात देश छोड्न बाध्य तुल्यायो ।
यो घटनाले २५ वर्षदेखिको असदको शासनको अन्त्य मात्रै गरेन असद परिवारको ५४ वर्षदेखिको छायाँबाट पनि सिरियालाई मुक्त गर्यो । असद भने देश नै छाडेर रुसको शरणमा जान बाध्य भए । त्यसो त जनआक्रोश सामु टिक्न नसकेर भाग्ने शासकमा असद पहिलो होइनन् । सन् २००० यता देश छाडेर भागेका राष्ट्रप्रमुख हुन् लाइबेरियाका चार्ल्स टेलर ।
लाइबेरियामा चर्केको गृह युद्धका कारण चार्ल्स टेलरल सन् २००३ को अगस्टमा देश छाडेर नाइजेरियामा शरण लिन पुगेका थिए । चार्ल्समाथि मानवअधिकार उल्लंघन गरेको आरोप मात्र लगाइएन युद्ध अपराधमा अन्तर्राष्ट्रिय अदालतले दोषी समेत प्रमाणित गर्यो । यसरी नै देश छाडेर भाग्ने अर्का शासक हुन् पाकिस्तानका पुर्व राष्ट्रपति परवेज मुशर्रफ । सन् २००८ मा भएको आम निर्वाचनमा नराम्रो हार ब्यहोरेका मुशर्रफ भ्रष्टाचारको मुद्दामा फस्ने डरले देशै छोडेर पुगे दुबई ।
ट्युनिशियाका राष्ट्रपति जिन अल अबिदिन बेन अली पनि सन्न् २०१० मा अबर देशहरूमा चर्केको आन्दोलनमा आगो ट्युनिसिया सम्म सल्ंकदा भ्रष्टाचारी र तानाशाहीको आरोपमा देश छोडेर सउदी अरबमा शरण लिन पुगे । युक्रेनका राष्ट्रपती भ्लादिमिर यानुकोभिच युक्रेनमा भएको ‘युरो मैदान’ प्रदर्शन चर्केपछी शरण लिन पुगे रुसमा । जसका कारण युक्रेनमा नयाँ सरकार गठन भएपछी युक्रेन रुससँगको युद्धमा फस्यो । अर्को घटना हो अंगोलाको । राष्ट्रपति एडोर्डो डोस सान्तोसको शासनसँग असन्तुष्ट नागरिकहरुले गरेको विद्रोहका कारण उनी पनि देश छोड्न बाध्य भएपछी स्पेनमा शरण लिन पुगे ।
यस्तै पाकिस्तानका राष्ट्रपति मोहम्मद अशरफ घानी बिद्रोही समुह तालीवान संगको हारपछी देश छोड्न बाध्य भए । सन् २०२२ मा श्रीलंकामा चर्केको आन्दोलनले चर्को रुप लिएपछि राष्ट्रपति गोटाबाया राजापक्षे देश छाडेर सिंगापुर जान बाध्य भए । यता, यसै वर्ष १५ वर्षदेखि सत्तामा रहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद विद्यार्थी आन्दोलनका सामु घुँडा टेक्दै भारतको शरणमा जान बाध्य भइन् । शासकहरु भाग्ने सूचिमा थपिएको अर्को नाम बनेको छ, सिरियाली राष्ट्रपति असदको । रुसको आडमा तानाशाही शासन गर्दै आएका असदको पतन यस्तो समयमा भयो कि रुस युक्रेनसंगको युद्धमा अल्झिएर आफैभित्र पिल्सिएको छ ।
रुसले असदको शासन जोगाईदिन नसके पनि उनलाई शरण दिएर उनको उद्धार गरेको छ । सत्तामा रहँदा आफूलाई सर्वेसर्वा शक्तिमान ठान्ने शासकहरुको पतन कसरी हुन्छ भन्ने बुझ्न यी घटनाहरु पर्याप्त छन् ।
प्रतिक्रिया दिनुहोस्