Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


रविको जीवन रक्षाका लागि रास्वपाले मानवअधिकार आयोगमा दियो उजुरी


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई सरकारले दुर्व्यवहार गर्नुका साथै उनको मानवअधिकारसमेत हनन् गरेको भन्दै मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

लामिछानेको ज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गर्दै न्याय दिलाउन पार्टीले निवेदनमार्फत मानवअधिकार आयोगलाई ध्यानाकर्षण गराएको हो ।

पार्टीले दिएको उजुरीमा प्रहरीले अनुसन्धान गर्न भनेर लामिछानेलाई लगेको दिनदेखि विभिन्न किसिमको मानसिक यातना दिनुका साथै मानवअधिकार समेत हनन् गरेकाले राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएकोतर्फ ध्यानाकर्षण गराइएको छ ।