एजेन्सी । दक्षिण अफ्रिकाको पूर्वी मपुमालाङा प्रान्तको सुन खानीमा फसेका १ सय ५० भन्दा बढी अवैध खानी कामदारको उद्धार गरिएको छ ।
गत साता सुनखानीमा प्रवेश गरी फसेकाको उद्धारका लागि भएको प्रयास सफल भएको हो । सो सुनखानीमा पसेका सयौं कामदारमध्ये ३ जनाको शव फेला परेपछि उद्धार कार्य जारी राखिएको छ । उद्धार गरिएकामध्ये अधिकांश विदेशी नागरिक रहेका छन् । यद्दपी उनीहले सुन खोज्न आफ्नो इच्छा विपरित भूमिगत गराइएको आरोप लगाएका छन् । उद्धार गरिएकामध्ये केहीलाई अवैध उत्खनन कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ ।
यता दक्षिण अफ्रिकाको जोहानेसबर्गको दक्षिण–पश्चिममा रहेको स्टिलफोन्टेनमा रहेको अर्को एउटा खानीमा फसेका अवैध व्यक्तिहरुको उद्धार कार्य जारी छ । दक्षिण अफ्रिकाका सुनखानीहरुमा अवैध उत्खनन व्यापक बन्दै गएतापनि सरकार भने यसको नियन्त्रणमा चुकेको छ ।
प्रतिक्रिया दिनुहोस्