काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
राष्ट्रपति पौडेल गत बुधबार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको सोही दिन प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको हो ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी शनिबार अपराह्न डिस्चार्ज हुनुभएको जानकारी दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्