एजेन्सी । सिरियाली विद्रोहीहरूले दोस्रो ठूलो शहर हामा पनि पूर्ण नियन्त्रणमा लिएको बताएका छन् । अघिल्लो साता मात्रै एलेप्पो शहर कब्जामा लिएको विद्रोही समुहले बिहीबार हामा शहरमाथि पूर्ण नियन्त्रण जमाएको दाबी गर्यो ।
इस्लामीक लडाकु समूह ‘हयात तहरीर अल–शाम’ (एच.टी.एस) का नेता अबु मोहम्मद अल–जवलानीले हामा शहरमा विजय घोषणा गरेका हुन् । यसअघि एच.टी.एस तथा अन्य सहयोगी लडाकुहरुले हामा केन्द्रीय कारागार कब्जा गर्दै कैदीहरूलाई रिहा गरेका थिए ।
राष्ट्रपति बशर अल असदको सेनालाई राजधानी दमास्कस केन्द्रित गर्दै विद्रोही समुहले एकपछि अर्को शहर कब्जा गरिरहेका छन् । १० लाख मानिस बसोबास गर्ने हामा शहर एलेप्पोबाट ११० किलोमिटर दक्षिणमा पर्दछ । हामाछि अब विद्रोही समुह दमास्कसको बाटोमा पर्ने अर्को शहर होम्सतर्फ अघि बढेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्