काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा प्रतियोगितामा आज पनि दुई खेल हुनेछन् । आजको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्नेछन् ।
प्रतियोगितामा लगातार दुई खेल हारेको कर्णाली आज पहिलो जितको खोजीमा छ भने लगातार दुई खेल जितेको चितवन आजको खेल जित्दै तालिकाको शीर्ष स्थानमा उक्लन चाहन्छ ।
आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् । दुबै टोलीले सुरुवाती दुई खेल गुमाएकाले आज पहिलो जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्