५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


सही ढंगले सहकारी ऐनको कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्त : मन्त्री अधिकारी


0
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ को सही ढंगले कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित ‘सहकारीको समसामयिक अड्चन र निकास’ विषयक प्रदेशस्तरीय गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।

मन्त्री अधिकारीले सहकारी क्षेत्रमा काम गर्ने क्रमममा सरोकारवाला निकायहरु ऐनको कार्यान्वयन गरेर अगाडि नबढेकै कारण सहकारी क्षेत्रमा समस्या देखापरेको बताउनुभयो । उहाँले सहकारी क्षेत्रमा कसरि जाने र ऐनको कार्यान्वयनको गरेर अगाडि बढ्ने कुरामा को कति प्रतिवद्ध छौं रु भनेर प्रश्न समेत गर्नुभयो ।

मन्त्री अधिकारीले विगतमा भएका र देखिएका कमी, जोरीहरुलाई अब दोहोरिन नदिने गरी जानको लागि ऐन र काम गर्ने विधिहरु समयानुकुल बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

मन्त्री अधिकारीले बजारमा सहकारीसँग जोडिएका वित्तीय संस्थाहरु ठिक होइनन् भन्ने विश्लेषण बजारमा भइरहेको उल्लेख गर्दै उक्त भाष्यलाई गलत सावित गर्न सबै जिम्मेवार भएर लाग्न जरुरी रहेको बताउनुभयो ।