८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


स्थानीय तह उपनिर्वाचन : १९ ठाउँमा कांग्रेस विजयी


0
Shares

काठमाडौं । यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतीजा सार्वजनिक भएको छ ४४ सीटका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा तीन स्थानमा निर्विरोध निर्वाचित भएपछि बाँकी ४१ सिटका लागि आइतबार भएको मतदानमा ४४ स्थानमध्ये नेपाली कांग्रेसले १९ ठाउँमा विजय हासिल गरेको छ ।

दोस्रो बढी माओवादी केन्द्रले ११ वटा सिट जितेको छ भने एमालेले ८ स्थानमा जित दर्ता गरेको छ । निर्वाचनमा जसपा नेपालले २ स्थान जितेको छ भने नेकपा एकीकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र उम्मेदवारले एक–एक ठाउँ जितेका छन् ।

यस निर्वाचन मार्फत रास्वपाले स्थानीय सरकारमा पहिलोपल्ट प्रवेश पाएको छ । माओवादी केन्द्रले केही आफ्ना पुराना सिट गुमाए पनि नयाँ ठाउँमा जितेको छ । कांग्रेसले केही नयाँ ठाउँमा जित हात पारे पनि साविकका केहि सिट गुमाएको छ । एमालेले केही वडाध्यक्षका पद गुमाएर प्रमुख र उपप्रमुखको पद जोडेको छ ।

यसैबीच चर्चामा रहेको काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित हुनुभएको छ । उहाँले ५ हजार ३ सय ३४ मत ल्याउँदा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत पाउनु भएको छ ।