काठमाडौं । देशका विभिन्न स्थानीय तहमा आइतबार भएको उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । अहिलेसम्म ३४ स्थानको मत परिणाम सार्वजनिक भएको छ ।
मत परिणाम अनुसार दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित हुनभएको छ । यस्तै मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी बिजयी हुनुभएको छ । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा मओवादी केन्द्रकी देवका लामिछाने विजयी हुनुभएको छ ।
वडाअध्यक्षतर्फ अहिलेसम्म काँग्रेसले १६ स्थानमा जित हात पार्दा एमालेले ५ तथा माओवादीले चार वडाध्यक्ष जितेको छ । जसपा नेपालले दुई ठाउँमा जित दर्ता गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले एक, एकीकृत समाजवादीले एक, नेमकिपाले एक र स्वतन्त्रले एकस्थानमा जित निकालेको छ ।
काठमाडौं महानगरपालिका- १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजय हुनुभएको छ । बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी हुनुभएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्षमा काँग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु विजयी हुनुभएको छ ।
उता दार्चुलाको दुहु गाउँपालिका- ५ मा काँग्रेसका धनसिंह कुवर, जाजरकोटको कुशे गाउँपालिका- ७ मा काँग्रेसकै खम्बबहादुर सिंह, रोल्पाको रुण्टीगढी गाउँपालिका ४ मा काँग्रेसका भुपमणी पुन विजयी हुनुभएको छ ।
त्यस्तै रुकुम पश्चिमको सानेभेरी गाउँपालिका- ५ मा काँग्रेसकै मोतिराम खत्री विजयी हुनुभएको छ भने डोटीको पुर्वचौकी गाउँपालिका- ६ मा काँग्रेसकै मोहन थापा विजयी हुनुभएको छ । मकवानपुरको हेटौडा उपमहानगरपालिका- १२ मा कांँग्रेसकै अर्जुनप्रसाद तिवारी र कीर्तिपुर नगरपालिका- १ मा काँग्रेसका इच्छाकुमार महर्जन विजयी हुुनुभएको छ ।
उता कञ्चनपुरको भिमदत्त नगरपालिका- ६ मा काँग्रेसकै प्रकाश चन्द विजयी हुनुभएको छ भने सुनसरीको गढी गाउँपालिका- ६ मा काँग्रेसकै तेतर शाह विजयी हुनुभएको छ । गुल्मीको मुसीकोट नगरपालिका- १ मा काँग्रेसकै आनन्द श्रेष्ठ , रौतहटको इशानाथ- ७ मा काँग्रेसका शेख अब्दुल खलिक र रौतहटकै राजपुर नगरपालिका-६ मा सम्शे आलम विजयी हुनुभएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा अमिन चौधरी, बझाङको सुर्मा गाउँपालिका- ४ मा धीरेन्द्र पुजारा विजयी हुनु भएको छ ।
ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ मा एमालेकी उम्मेदवार कुमार सावादेन विजयी हुनुभएको छ भने कपिलवस्तुको शुद्धोधन- १ मा एमाले उम्मेदवार मोहमद ताहिर मुसलमान विजयी हुनुभएको छ । त्यसैगरी ओखलढुंगाको मोलुङ गाउँपालिका- ५ गंगाबहादुर तामाङ, महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा सरकवुल खाँ विजयी हुनुभएको छ ।
यस्तै दैलेखको दुल्लु नगरपालिका- १३ मा एमालेकै लालबहादुर शाही विजयी हुनुभएको छ । धनुषाधाम नगरपालिका- १ मा माओवादी केन्द्रका सुनिल कापर, उदयपुरको त्रियुगा नगरपालिका- १२ मा नविनकुमार वान्तवा, नुवाकोटको ककनी गाउँपालिका- २ मा माओवादी केन्द्रका कृष्ण घिमिरे र गोरखा नगरपालिका- ५ मा बिष्णुबहादुर राना विजयी हुनुभएको छ ।
यसैगरि रौतहटको गढीमाई नगरपालिका- ८ मा एकीकृत समाजवादीका बजंरगी प्रसाद यादव विजयी हुनुभएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ मा जसपा नेपालका धीरेन्द्रकुमार शाह र देवेन्द्र यादव विजयी हुुनुभएको छ । झापाको कनकाई नगरपालिका-६ मा स्वतन्त्र उमेदवार लक्ष्मी प्रसाद ओली विजयी हुनुभएको छ । कालिकोटको तिलागुफा नगरपालिका- ४ मा नेपाल मजदुर किसान पाटीको खड्कराज शाही निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्