८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


एनपिएल क्रिकेटमा आज दुई खेल हुँदै


0
Shares

काठमाडौं । एनपिएल क्रिकेटमा आज सोमबार दुई खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्नेछन् । यो खेल बिहान सवा ९ बजे शुरु हुनेछ ।

आजै दिउँसो सवा एक बजे शुरु हुने दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सको सामना गर्नेछ । प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सलाई हराएको जनकपुर आज लगातार दोस्रो जितको खोजीमा छ ।

आठ टोली सहभागी एनपिएल क्रिकेटको आज दोस्रो दिन हो । प्रतियोगिताको उद्घाटन शनिवार गरिएको थियो । हिजो भने कीर्र्तिपुरमा स्थानीय तहको उपनिर्वाचन भएकाले खेल राखिएको थिएन ।