सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ मा नेपाली काँग्रेस उम्मेदवार तेतर साह विजयी भएका छन । उनले ८ सय १६ मत प्राप्त गरि निर्वाचित भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
साहले माओवादी केन्द्रका उम्मेदवार कुशेस्वर खेरवारलाई २४ मतले पछि पार्दै वडाअध्यक्षमा बिजयी बनेका हुन । माओवादीका खेरवारले ७ सय ९४ मत प्राप्त गरेका छ्न । २०७९ को निर्वाचनमा यस वडामा जितेको एमाले उपनिर्वाचनमा तेस्रो स्थानमा झरेको छ । एमालेका उम्मेदवार शन्तु उरावले ७ सय ७० मत प्राप्त गरेका छ्न ।
दोस्रो भएका खेरवार एमालेले वडाअध्यक्षको टिकट नदिएपछि एमाले परित्याग गरी माओवादी प्रवेश गरि वडाअध्यक्षको टिकट लिन सफल भएका थिए । यस वडामा २ हजार ६ सय ४४ मत खसेको थियो । जसमध्ये ७५ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ । गढी–६ एमालेबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भगवती चौधरीको सुनसरी क्षेत्र नम्बर–३ मा पर्दछ ।
प्रतिक्रिया दिनुहोस्