काठमाडौं, असोज १ । सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । गत शुक्रबार सरकारले खरेललाई निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो ।
कार्यकारी अध्यक्षका रुपमा खरेल आइसकेपछि निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई नैतिक दबाब परेको छ ।
यसैगरी सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
बैठकले नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारको योगदान पुर्याउने विभिन्न व्यक्तिलाई विभूषित गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णयसमेत गरेको छ ।









प्रतिक्रिया दिनुहोस्