काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विवाद गर्नुपर्ने विषय नभएको बताउनुभएको छ ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता खनालले यस्तो बताउनुभएको हो ।
नेता खनालले नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा वकास र निर्माणका विषयमा सहयोगहरु गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले चीनले ऋण मात्रै दिनुपर्छ भन्नेहरुले चीनबाट अनुदान लिएर बनाइएका उद्योगधन्दाहरु कौडीको मूल्यमा बेचेको आरोपसमेत लगाउनुभयो ।
वरिष्ठ नेता खनालले चीनबाट ऋण वा अनुदान लिँदा राष्ट्रिय हितलाई सर्वोपरी राख्नुपर्नेमा जोड दिनुभयो ।
अमेरिकाबाट लिइएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) परियोजना दुई वर्षमा १० अर्ब बढी ऋण नेपालले हाल्नुपरेको भन्दै नेपालका लागि एमसिसि ऋण भन्दा पनि ठूलो भएको बताउनु भयो । उहाँले एमसिसि राष्ट्रका लागि बोझ भएको दाबी गर्नुभयो ।
नेता खनालले आग्रह, पूर्वाग्रहबाट नभइ यथार्थ ढंगले सम्बन्धहरु बिस्तार हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्