Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


पशुपति क्षेत्रमा शतबीज छरियो


0
Shares

काठमाडौं । पशुपति क्षेत्रमा दिवंगत पितृका नाममा शतबीज छरिएको छ ।

मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिनमा पशुपति क्षेत्रका १४ स्थानमा शनिबार शतबीज छरिएको हो ।

पशुपतिनाथको मूल मन्दिर, बागमती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकैका क्षेत्रमा आज बिहानैदेखि दिवंगत पितृका नाममा शतबीज छर्ने भक्तजनको घुइँचो लागेको थियो ।

शुक्रबार बेलुकीदेखि पशुपति क्षेत्रमा महादीपदान गरी बसेका भक्तजनले शनिबार बिहानैदेखि शतबीज छर्ने र समापन गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

शुक्रबार रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्दछन् ।

Skip This