काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालिन गृहमन्त्री लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने काठमाडौं जिल्ला सरकारी वकिलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
मानव तस्करीको आरोपमा जापानको टोकियो विमानस्थलबाट फर्काइएका अधिकारीलाई सीआइबीले मुद्दा अघि बढाउन खोज्दा प्रमाण नपुगेको भन्दै जिल्ला महान्यायाधीवक्ताको कार्यालयबाट उन्मुक्ति दिइएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला सरकारी वकिल र अधिकारीलाई विपक्षी बनाएर आज सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।
रिटमा अधिकारीलाई मुद्दा नचलाउने निर्णय प्रथम दृष्टिमै बदनीयतपूर्ण एवं स्वेच्छाचारी देखिएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी उनलाई तत्काल पक्राउ गर्न माग गरिएको छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्च प्रशासनले रिट दरपिठ गरेमा त्यस विरुद्ध निवेदन लिएर इजलासमा जाने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्