काठमाडौं । मुलुकमा आन्तरिक तथा वाह्य लगानीको वातावरण बनाउनु नीतिगत सुधार गर्न आवश्यक रहेको उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ढकालले सरकारले परिमार्जन गरेका कानूनहरु संशोधन भएपनि नियमावलीहरु बन्न बाँकी रहेको बताउनुभयो । उहाँले अब मुलुकमा थप आन्तरिक तथा वाह्य लगानीको लागि कानून संशोधन र नियमावलीहरुसँगै अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकमा लगानीका लागि अझै केही कानूनहरू संशोधन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष ढकालले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत कानून संशोधन भएपनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । उहाँले अहिले निजी क्षेत्रमा अन्तःशुल्क, उत्पादित सामाग्री खेर जाने र मूल्यलगायतका समस्याहरू रहेको बताउनुभयो । उहाँले यसको व्यावहारिक निर्णय गरेर समयमै सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष ढकालले वर्तमान सरकाले निजी क्षेत्रलाई प्राथमिकता दिएर व्यवसायीलाई पनि राखेर छलफल गरिरहेको भन्दै निजी क्षेत्रले यसलाई स्वागतका रुपमा लिएको बताउनुभयो । उहाँले निजी क्षेत्रले दिएका सुझावअनुसार समस्या समाधान गरेमा छोटो समयमा आर्थिक सुधार गर्न सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्