काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्ति गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभएको हो ।
उहाँकाअनुसार सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको मंसिर १३ गतेदेखि १५ गतेसम्मको भ्रमणको प्रतिनिधि मण्डलका सदस्यहरुको भ्रमण स्वीकृत गरेको छ ।
प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि चीनको भ्रमण गर्दै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्